२ वटा प्रश्नमै जबरासँगको दोस्रो दिनको बयान सकियो, अर्को बैठक १९ गते बस्ने



२ वटा प्रश्नमै जबरासँगको दोस्रो दिनको बयान सकियो, अर्को बैठक १९ गते बस्ने

काठमाण्डाै १६ भदाै । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्रशम्शेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ ।

हिजो बुधवार चार वटा प्रश्नको जवाफ दिएका राणाले आज बिहीवार दुई वटा प्रश्नको जवाफ दिए । अब उनको बयान लिने क्रम १९ गतेसम्म स्थगित भएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए । उनलाई १९ गते आइतवार ११ बजे पुनः समितिमा बोलाइएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको थियो । हिजोको बयानका क्रममा उहाँले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीले प्रतिशोध साँधेको आरोप लगाएका थिए । सात महिनादेखि निलम्बनको अवस्थामा रहेका उनी माथि महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे