LISTEN LIVE RADIO

हिन्दु जागरण नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षमा : चाैधरी



हिन्दु जागरण नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षमा : चाैधरी

विरेन्द्र गिरी, माैरीघाट २२ कार्तिक ।

हिन्दु जागरण नेपाल विद्यार्थी संघको दाङ जिल्ला अध्यक्षमा गाैतम चाैधरी सर्वसहमतीले चयन भएका छन् । संघको शनिवार राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट स्थित श्री माध्यमिक विद्यालय माैरीघाटमा भएको पहिलो अधिवेशनले चाैधरीको अध्यक्षतामा ३ सदस्यीय पद रिक्त रहने गरी नयाँ कार्यसमिति चयन गरेको हो ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा सिमा केसी, सचिवमा केशर गिरी, सहसचिवमा विकास खनाल, कोषाध्यक्षमा सरिता पुन मगर रहेका छन् । त्यसै गरि सदस्यहरूमा श्रीधर कडेल, प्रदिप सुनार, गिता शर्मा, नवीन सुवेदी, रञ्जित पुन मगर, रूपेश चाैधरी, दिपेन्द्र चाैधरी, राहुल खत्री, गोविन्द रोका मगर, रेशम अाचार्य र रूपेश कार्की रहेका छन् ।

सम्पुर्ण धर्म, संस्कार, संस्कृति तथा राष्ट्रप्रेमी विद्यार्थीहरु एकजुट हाैं भन्ने मुलनाराका साथ हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महाअभियानका साथ अधिवेशन भएको हो । संघका जिल्ला अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् हिन्दु जागरण नेपालका केन्द्रीय महासचिव यमबहादुर भण्डारीको प्रमुख आतिथ्यता र देउखुरी टुडे डट.कमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको विशिष्ट आतिथ्यतामा अधिवेशन भएको हो ।

अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले सनातन हिन्दु धर्मको प्रचारप्रसारमा विद्यार्थीहरूको महत्त्वपूर्ण भुमिका रहने बताएका थिए । पछिल्लो समय धर्मका नाममा हिन्दु धर्मलाई मेटाउन खोजेको आरोप लगाएका थिए । संघका प्रेस संयोजक विरेन्द्र गिरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव विनोद बेल्वासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे