नेपालमा सोमबार थप एकै दिन ९ सय ३४ जनामा कोरोना संकम्रण पुष्टि, १ जनाको मृत्यु



नेपालमा सोमबार थप एकै दिन ९ सय ३४ जनामा कोरोना संकम्रण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं २३ साउन । पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षणमा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९८ जना र २ हजार ४ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे