LISTEN LIVE RADIO

राजपुर गाउँपालिकाले माग्यो प्राचार्य यादव संग शिक्षक भर्ना प्रक्रियाको कागजपत्र



राजपुर गाउँपालिकाले माग्यो प्राचार्य यादव संग शिक्षक भर्ना प्रक्रियाको कागजपत्र

जनज्याेति माविकाे शिक्षक नियुक्तिकाे बिषयमा गाउँपालिकाकाे चासाे

टाेपेन्द्र खनाल, राजपुर २१ कार्तिक ।

देउखुरीकाे राजपुर गाउँपालिका वार्ड नम्बर २ मटेरियाकाे जनज्याेति माविमा गरिएकाे शिक्षक भर्नाकाे बिषयमा आफ्नाे चासाे देखाएकाे छ । कार्तिक १८ गते देउखुरी टुडे डटकममा “जनज्योति माविमा प्रधानाध्यापकको मनोमानी, सरकारी स्कुलमा नियम मिचेर बिज्ञापन नै नगरी शिक्षक भर्ना” शिर्षकमा समाचार प्रकाशन भएपछि राजपुर गाउँपालिकाले चासाे देखाएकाे हाे ।

यसैबीच गाउँपालिका शिक्षा शाखाले उक्त विद्यालयलाई कार्तिक १९ गते पत्रचार गरेर शिक्षक भर्नाकाे बिषयमा विभिन्न सञ्चार माध्यम तथा मिडियामा आएकाे समाचारका बिषयमा दुई दिन भित्र आवश्यक प्रमाण तथा कागजातका साथ प्रधानाध्यापकलाई गाउँपालिका कार्यालयमा अनिवार्य उपस्थितीका लागि अनुराेध गरेकाे छ ।

पत्रसंख्या २०७७/०७८, चलानी नम्बर ६०९ तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनालकाे हस्ताक्षरित रहेकाे उक्त पत्र विद्यालयलाई पठाईएकाे छ ।

यसअघि विद्यालयका प्रधानाध्यापक केशबराम यादवले शिक्षक भर्ना गरेको भनी स्वयम् आफ्नै फेसबुक एकाउन्टमा पाेष्ट गरेका थिए । प्रधानध्यापक यादवले आफ्नो कार्यालय कक्षमा नयाँ शिक्षकलाई स्वागत गर्दै दोसल्ला ओढाई कार्यक्रम सप्पन्न गरी आफ्नो फेसबुक मार्फत सार्वजनिक समेत गरेका थिए ।

शिक्षक भर्नाका बिषयमा साेही विद्यालयका अभिभाबकबाट समेत प्रधानध्यापक यादवले प्रकृया मिचेर शिक्षक भर्ना गरिएकाे सुचना प्राप्त हुनुका साथै तथ्य समेत फेला परेपछि यस बिषयमा देउखुरी टुडे डटकमले पहिलाे पटक समाचार सार्वजनिक गरेकाे थियाे।

याे पनि हेर्नुस् ।

जनज्योति माविमा प्रधानाध्यापकको मनोमानी, सरकारी स्कुलमा नियम मिचेर बिज्ञापन नै नगरी शिक्षक भर्ना

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे