LISTEN LIVE RADIO

दाङमा कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु



दाङमा कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु

दाङ २१ कार्तिक  । दाङमा कोरोना संक्रमणबाट एक सुत्केरीको मृत्यु भएको छ ।  तुल्सीपुर उपमहानगरपालिका– १० निबासी २० वर्षीया सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

मृतकलाई प्रसुति सेवाका लागि कार्तिक १६ गते अस्पतालमा भर्ना गरिएको थियो । १८ गते डेलिभरि भएपनि उनको स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिए लगत्तै आइसोलेशन वार्डमा राखेर उपचार गर्दासमेत उनको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे