LISTEN LIVE RADIO

जष्ट इन्जोई समुहकाे जुम गजल प्रतियोगीता शनिवार समापन हुँदै



जष्ट इन्जोई समुहकाे जुम गजल प्रतियोगीता शनिवार समापन हुँदै

विरेन्द्र गिरी, कपिलवस्तु २१ कार्तिक । जष्ट इन्जोई समुहले असोज २९ गते देखि सुरु गरेकाे जुम प्रविधीकाे खुल्ला गजल प्रतियोगीता शनिवार समापन हुदै  छ । दिपेन्द्र बिक्रम अधिकारीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिरहेकाे समुहले कोरोनाको यो संकटकालिन अवस्थालाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ। कार्यक्रममा सहभागीहरुले आ-आफ्नो गजल म्यासेन्जर र होवाट्सवमा पठाएर कार्यक्रममा सहभागीता जनाउदै आइरहेका छन् ।

कार्यक्रम दुई चरणमा सम्पन्न भैसकेकोमा उक्त कार्यक्रममा प्रतियोगीहरू सहभागी भएपछी अडिसन राउण्डमा २० जनाले सहभागीता जनाएका मध्ये १२ जना छनोटमा परेका छन् । जसमा दोलखाका कुसु घिमिरे, सुर्खेतका सरिता अर्याल, कञ्चनपुरका अम्बदत्त जोसी, चितवनका विद्या पौडेल, काठमाडौंका सरिता आचार्य, इलामका सुर्य लिम्बु, विरगञ्जका महेस शाह, सर्लाहीका सरला राई, दाङका मञ्जु कडेल र बर्दियाका तिर्सना ढुंगाना रहेका छन् ।

कार्तिक २२ गते यिनै छनोटमा परेका सहभागीहरू मध्यमा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिने बताइएको छ । फाईनल कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेत्रहिन कार्यलय नेपालका केन्द्रिय अध्यक्ष रमेश पोख्रेललाई आमन्त्रण गरिएको छ । कार्यक्रम काठमान्डौबाट जुमद्वारा गर्न लागिएको छ । कार्यक्रम प्रभावकारी भएको भन्दै विभिन्न संघ संस्था एवम व्यक्तिहरूले प्रयोजन समेत गरेका छन् । जस्ट इन्जोई समूह दृष्टिविहीन भएका व्यक्तिहरूले सञ्चालन गरेको समुह हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे