LISTEN LIVE RADIO

दाङमा घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण गर्दै



दाङमा घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण गर्दै

दाङ ३१ असार । डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अनुसार नागरिकलाई घरमै बिरुवा दिन सुरु गरिएको हो ।

बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरुको सहजताका लागि घरघरमै बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

आज बिहानैदेखि दुई वटा गाडीमा माइकिङ गर्दै कर्मचारीसहित बिरुवा ढुवानी गरेका गाडीले घरमै बिरुवा पुर्याउने र रोप्न पनि सिकाउने उनले बताए ।

दैनिक जीवनमा काम लाग्ने र लगाउन माग गरिरहेका प्रजातिका बिरुवा निःशुल्क वितरण थालिएको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

अभियानका क्रममा टिमुर, दालचिनी, अमला, कल्की, कपुर, पारिजात लगायतका प्रजातिका बिरुवा विरतण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे