LISTEN LIVE RADIO

पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु



पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

दाङ ३१ असार । जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका– १ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको मुत्यु भएको हो ।

गयराति साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।

उहाँका अनुसार मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उहाँका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोरक भने काम विशेषले बाहिर गएको बताईएको छ । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे