दाङको देउखुरीमा बोइलर कुखुराको मुल्य घट्यो



दाङको देउखुरीमा बोइलर कुखुराको मुल्य घट्यो

सिसहनियाँ १३ असार । दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य घटेको छ । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा साेमवार बसेको बैठकले कुखुराको मुल्य घटाएको हो । असार १४ गते देखि लागु हुने गरी अव तयारी ब्रोइलर प्रती केजी २५० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३६० रूपैयाँ कायम गरेको छ ।

देउखुरीमा कुखुरा बढी र माग न्युन भएकोले मुल्य घटाउनु परेको समुहका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् । यस अघि तयारी ब्रोइलर प्रती केजी २७० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३८० रूपैयाँ कायम गरेको छ ।

साथै अध्यक्ष अधिकारीले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान ,मासु ब्यबसायी,लगाएत आम उपभोक्ताहरुमा अनुरोध गरेका छन् । बैठकमा समुहका उपाध्यक्ष खिमा भण्डारी, सचिव पहलमान चौधरी ( अनुप ), कोषाध्यक्ष तथा प्रवक्ता प्रकाश पोख्रेल, सहसचिव जिबराज भट्टराई, सदस्य वसन्त थापा, मधु खड्का, तिलबहादुर डाँगी, बिश्वराज श्रेष्ठ, सुर्यनारायण चौधरी, टेकबहादुर पुन, दुर्गा सार्की र अरुणा केसीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे