राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले महिला, युवा र कृषि चेम्बर गठन गर्ने



राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले महिला, युवा र कृषि चेम्बर गठन गर्ने

भालुवाङ १३ असार । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले महिला, युवा र कृषि चेम्बर गठन गर्ने भएको छ । चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा सोमवार सिसहनियाँमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । महिला, युवा र कृषि क्षेत्रमा पनि काम गर्ने उदेश्य राखेर ती समितिहरु गठन गर्न लागेको चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

विभागीय समिति गठन गर्नका लागि चेम्बरका दोस्रो उपाध्यक्ष श्यामा रावतलाई महिला चेम्बर, प्रथम उपाध्यक्ष नेमलाल बेल्वासेलाई युवा चेम्बर र सदस्य अर्जुन क्षेत्रीलाई कृषि चेम्बर गठनका लागि जिम्मेवारी समेत प्रदान गरिएको छ । त्यस्तै बैठकले चेम्बरको भवन निर्माणका लागि संघिय सरकार, प्रदेश सरकार, मन्त्री, सांसद तथा विभिन्न दातृ निकाय सँग बजेट माग गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा चेम्बरका प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे, दोस्रो उपाध्यक्ष श्यामा रावत, सचिव बसन्त कुवर क्षेत्री, कोषाध्यक्ष प्रेमबहादुर बुढाथोकी, सदस्य खेमराज अर्याल र प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे