क्षमता अनुसार काम गर्ने नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीकाे प्रतिवद्धता



क्षमता अनुसार काम गर्ने नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीकाे प्रतिवद्धता

काठमाडौं १३ असार । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताएका छन् । आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका सहरी विकासमन्त्री चौधरीले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु ।

यो पदको दुरुपयोग गर्दिनँ ।’ छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए । उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे