एमाले राप्तीकाे दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन अधिकारी सर्वसम्मत निर्वाचित



एमाले राप्तीकाे दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन अधिकारी सर्वसम्मत निर्वाचित

भालुवाङ ४ असाेज । नेकपा एमाले राप्ती गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा मदन अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रवार राप्ती गाउँपालिकाकाे सभाहल मसुरीयामा भएकाे पार्टीकाे दोस्रो अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।  अधिवेसनले अधिकारीकै अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा हिमानी न्यौपाने, सचिवमा भरतमणी न्यौपाने, उपसचिवमा सावित्री चौधरी, उपसचिवमा दामोदर पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी लेखा समिति संयाेजकमा देवप्रसाद चौधरी र सदस्यमा दामोदर पोख्रेल रहेकाे निर्वाचन मण्डलका प्रमुख विवेक श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे