राज्यमन्त्री बिमला वलीलाई छुटाउन मुख्यमन्त्री केसीको दबाब, प्रहरी सूचना लुकाउँदै



राज्यमन्त्री बिमला वलीलाई छुटाउन मुख्यमन्त्री केसीको दबाब, प्रहरी सूचना लुकाउँदै

दाङ ३१ जेठ  । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई छुटाउन मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले प्रहरी प्रशासनलाई दबाब दिइरहनुभएको छ । बारम्बार प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर छाड्नका लागि दबाब दिइरहेको स्रोतले बतायो ।

राज्यमन्त्री वलीलाई प्रहरीले आज विहान तुलसीपुर ५ मा मीना भण्डारी र उहाँकी छोरीलाई कुटपिट गरेको अरोपमा पक्राउ गरेको थियो । पक्राउ गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा छानविन हुँदै थियो ।

तर इप्रकामा छानविन गर्न समस्या हुँने भन्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपी सुरेशप्रसाद काफ्लेले राज्यमन्त्री वलीलाई जिल्ला ल्याउने भनेर त्यहाँबाट ल्याइएको थियो ।

वलीलाई जिल्ला ल्याएको भनिए पनि कहाँ राखिएको छ भन्ने कुरा अहिलेसम्म बाहिर आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दाङमा यस विषयमा कुनै जानकारी नै छैन ।

एसपी काफ्ले र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पत्रकारको फोन उठाउनुभएको छैन भने आधिकारीक रुपमा यो समाचार बनाउँदासम्म कुनै जानकारी दिनुभएको छैन ।

यद्यपी प्रमुख जिल्ला अधिकारी रिजालले आफूलाई यस घटनाका विषयमा खास्सै जानकारी नभएको केहि सञ्चारककर्मीलाई बताएको जनाइएको छ ।एसपी काफ्लेको भने फोन उठिरहेको छैन ।

यस अघि तुलसीपुरमा पनि पत्रकारलाई रिपोर्टीङ गर्न रोक लगाइएको थियो । ईलाका प्रहरी कार्यालय भित्र प्रवेश गर्न दिइएको थिएन ।राज्यमन्त्री वलीलाई बुटवल लगिएको बाहिर कुरा पनि आएको छ तर लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायले अहिले जिप्रकामा वलीलाई राखिएको बताउनुभयो । वली विरुद्ध पीडित भण्डारीले इप्रका तुलसीपुरमा जाहेरी दिनुभएको छ ।

पक्राउ पर्ने गरी के गरिन राज्यमन्त्री वलीले ?

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफू र छोरीलाई कुटपिट गरेको पीडित मीना भण्डारीले बताउनुभएको छ । भण्डारी एकराज बस्नेतकी पत्नि हुनुहुन्छ ।

आज विहान करिब ८ बजे एकराजको घरमा गएर कुटपिट गरेको आरोमा प्रहरीले स्वास्थ्य राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको छ । पीडित भण्डारीले आफ्नै घरमा आएर एकराज खोई भन्दै आफूलाई र छोरीलाई कुटपिट भएको जानकारी दिनुभएको छ ।

‘बाहिरबाट गेट खोल भनि । मैले गेट खोले । त्यसपछि एकराज खोई भन्दै भित्र आई,’ भण्डारीले भन्नुभयो, ‘भित्र आएर मेरा लुगा हुन भन्दै लुगा फालिदिई, नानिलाई हानी । मलाई पनि गालामा हानी । मेरो यहाँ (छातिको खपडा देखाउँदै) च्याति दिई।’

राज्यमन्त्री वलीले एकराजलाई आफ्नो बढा भनेकोसमेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भित्र आएर एकराज मेरो बुढो हो भनि । बुढो हो भने यहाँ आउनु पर्‍यो नि । मैले हान्ने ठाउँमा त्यसले गालमा हानी ।’

एकराजको घर तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डी नजिकै पर्छ । वली आज विहान सहयोगीसहित लु १ झ ५३७ नम्बरको सरकारी गाडी लिएर एकराजको घरमै पुगेर हातपात गरेकी थिइन ।

घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेपछि प्रहरीले वलीलाई नियन्त्रणमा लिएको छ । वलीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयमा छलफल भइरहेको छ । वलीलाई प्रहरी कार्यालयमा राखिएको छ ।

तर विहान ११ बजेतिर पीडित पक्षले न्यायको माग गर्दै कार्यालय बाहिर नाराबाजी गरेका थिए । अहिले नाराबाजी रोखिएको छ भने पीडित पक्षले राज्यमन्त्री वलीका विरुद्धमा जाहेरी दिने तयारी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

राज्यमन्त्री विमला वली नेकपा एमालेबाट दाङ ३ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको श्रीमति हुन । उत्तरकुमारको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट विमला सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी माओवादीमा लागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे