राज्यमन्त्री बिमलाको चुम्बन काण्डपछि कुटपिट काण्ड, राजीनामाको माग गर्दै स्थानीयको प्रदर्शन (कभरस्टाेरी)



राज्यमन्त्री बिमलाको चुम्बन काण्डपछि कुटपिट काण्ड, राजीनामाको माग गर्दै स्थानीयको प्रदर्शन (कभरस्टाेरी)

तुलसीपुर ३१ जेठ । तुलसीपुर उपमहानगरपालिका– ५ नयाँ बसपार्क जाने आरोलो नजिकै रहेको पिपलबोटदेखि थोरै पश्चिम उत्तर तर्फ रानीजरुवा जाने बाटो छ । करिब २ सय मिटर उत्तर र करिब ५० मिटर फेरि पश्चिम लागेपछि एक राज बस्नेतको घर आउँछ । जहाँ एकराजकी श्रीमति २७ बर्षकी मिना बस्नेत ५ बर्षकी छोरी एन्जीलालाई स्कुल पाठाउनका लागि डे«स लगाएर कपाल कोर्दिन लागेकि थिइन । त्यनिनै बेला अंगरक्षक सहति बिहान साढे आठबजे लु१झ ५३७ नम्बरको सरकारी गाडीमा झण्डा हल्लाउँदै घरमै पुगेकी लुम्बिनी प्रदेश स्वास्थ्य जनासंख्या तथा परिवार कल्यान राज्यमन्त्री बिमला खत्री ओलीले एकराज खै भन्दै एक्कासी आक्रमण सुरु गर्छिन ।

नसोचेको घटना त्यसमा पनि अंगरक्षक सहित गएकी मन्त्रीले एकोहोरो आफु र छोरी माथि कुटपिट गर्दा उनले कुनै प्रतिकार गर्न सक्दिनन् । बजारको ठाउँ भएका कारण होहल्ला र चिच्याकल्लो हुँदा आफन्त र छिमेकी ज्टछन् । के हो ? के हो ? भन्दै सोतपुछ गर्दागर्दै प्रहरी आँछ र मन्त्री ओलीलाई कडा सुरक्षाका बिच ईलाका प्रहरी कार्यालमा लगेर सुरक्षित राखिन्छ ।


पिडित मिना बस्नेतले  यस्ताे भन्छिन

बिहान करिब साढे आठ बजेको थियो होला । म नानीलाई खाना खुवाएर ड्रेस लगाएर स्कुल पठाउनलाई कपाल बाट्दिन लागेकी थिए । त्यनि नै बेला एक्कासी आएकी बिमलाले मेरो एकराज खै ? भनि । मलाई थाहा छैन । कहाँ जानुभएको छ भने । कहाँ लुकाएकी छेस भन्दै जगलट्याउँदै झपाझप हान्न थालि । छोरीले मलाई पिटेको देखेर रुदैं थिइ उसलाई पनि दुई थप्पड गालामा हानी । छोरी रुँदै बाहिर निस्की । एकराजलाई मैले किनेको लुगा यहि राखेको छ भन्दै लक्ष्मीदराज पनि तोडफोड गरी । एक्कासी आएर आक्रमण गरेकाले मैले प्रतिकार गर्न सकिन एकोहोरो कुटपिट गरी टाउको भित्तामा ठोक्काई । लगाएको कपडा च्याथिदिइ । टाउको अहिले पनि दुखीरहेको छ । छोरीको ओठ काटिएको छ । मन्त्री हो यसको पछाडी सबै छन फेरि पनि आएर मार्छेकी भन्ने डर लागेको छ ।


यस्ताे  भन्छन् स्थानीय  

‘बिहान सरररर गाडी आयो । हामीले कोहि केहि कामले आएको होला भन्यौ । गाडी पनि तुरुन्दै घुमायो । एकछिनपछि चिच्याकल्लो सुनियो । एन्जल रुदैं मामुलाई मारे भन्दै हात समातेर तान्न आइन । म झट्पट् भित्र गए । एकराजको र मेरो विहे भइसकेको छ । सिंधुर हालेको फोटो गाउँको घरमा राखेको छु । भन्दै धकलाधकेल गर्दै थिए । म डरले बस्न सकेन निस्की हाले,’ मिनाको घरसंगै किराना पसल गरेर बस्ने १७ बर्षकी किशोरी रचना बुढाथोकीले भनिन,’ – ‘पछि मिनाको जेठाजु, ससुरा र अन्य मान्छेहरु आए । प्रहरी पनि आयो पछि लगेर गायो ।’

मन्त्री ओली प्रहरीको नियन्त्रणमा

कुटपिट गर्ने मन्त्री ओलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ । सुरक्षाको कारण देखाउँदै प्रहरीले तुलसीपुरबाट घोराही लगेको हो । मन्त्री ओलीलाई जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्ले नेतृत्वमा कडा सुराक्षकाबीच जिल्ला प्रहरी कार्यालय घोराहीमा लगिएको हो । ओलीलाई बाहिर निकाल्ने क्रमममा प्रहरी र स्थानीयबीच केहिबेर धकलाधकेल समेत भएको थियो । मन्त्री चढ्ने गाडीलाई भने ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

केस अर्कै जस्तो छ : एसपी
अनुसन्धनमा जुटेको प्रहरीले घटना फरक भएको आसंका गरेको छ । ‘सोधपुछको प्रयास भइरहेको छ । उहाँ त्यहित बोल्न मान्नुभएको छैन । बहालवाला मन्त्री भएकाले पनि अलि कठिनाई भइरहेको छ । केस अर्कै जस्तो छ । अहिले नै ठ्याक्कै यहि हो भन्ने अवस्था छैन बुझ्दै छौं हजुर ।’ एसपी काफ्लेले भने । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । छोड्ने या नियन्त्रणमा राख्ने विषयमा कुरा गर्दा माथिको आदेश अनुसार गर्ने एसपी काफ्लेले बताए ।

राजीनामाको माग प्रहरीको गेटमा प्रर्दशन

राज्यमन्त्री ओलीलाई कडाकारबाही र राजीनामाको माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय तुलसीपुरको गेटमा नाराबाजी गरेका थिए । नीति निर्माण तहमा बसेकी ओलीले सत्ता र शक्तिको आडमा मात्तिएर घरमा बसीरहेका निर्दोस महिला र बालिका माथि आक्रमण गर्नु निन्दनिय कार्य भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही र राजीनामाको माग गर्दै आक्रोसित स्थानीयले नाराबाजा गरेका थिए ।

मन्त्रीका बिरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दर्ता
यसैबिच राज्यमन्त्री ओलीका बिरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दुव्र्यवहार तथा सार्वजनिक शिर्षकमा जाहेरी परेको छ । पिडित महिलाले आफुलाई कुटपिट गर्दै दुव्र्यवहार गरेको गरेको उजुरी दिएको प्रहरीले जनाएको छ ।

को हुन मन्त्री ओली ?

राज्यमन्त्री ओली स्वर्गीय उत्तर कुमार ओलीकी श्रीमति हुन् । दाङ क्षेत्र नं ३ (ख) मा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित उत्तर कुमार ओलीको सवारी दुर्घटनामापरी फागुन १० गते निधन भएको थियो । उत्तरको निधनपछि रिक्त रहेको पदमा एमालेले बिमला ओलीलाई उठाइएको थियो । एमालेबाट जितेकी ओलीले एमाले छोडेर माओवादीमा प्रवेश गरेपछि मन्त्री पद पाएकी थिइन् ।

साभार : तुलसीपुर खबर डटकम

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे