देउखुरीको माैरीघाटमा बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोक्कियो



देउखुरीको माैरीघाटमा बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोक्कियो

भालुवाङ १८ जेठ । दाङको देउखुरीमा बिग्रीएर रोकि राखेको ट्रकमा बस ठोक्किएको छ । बुधबार बिहान साढे ४ बजे दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाट खिनैटामा रोकि राखेको लु १ क ४६७२ नं. को ट्रकमा दार्चुला देखि काठमाडौं तर्फ जाँदै गरेको म १ ख ९३४ नं.को बस ठोक्किएको थियो ।

त्यस क्रमममा ट्रकका चालक २८ वर्षीय अमलेश गुप्तालाई खुट्टामा चोट लागेको छ भने बसमा सवार तीन जना यात्रु सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए ।

घाईते सबै यात्रु डिस्चार्ज भईसकेको प्रहरीले बताएको छ । ट्रक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस अनियन्त्रित भएर ट्रकमा ठोक्किएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे