दाङको देउखुरीमा बसको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते



दाङको देउखुरीमा बसको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते

लमही १८ जेठ । दाङको देउखुरीमा यात्रुबाहक बसको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते भएका छन् ।

बुधबार बेलुका पौने ५ बजे तिर लमही नगरपालिका ४ अर्नहवामा भालुवाङ देखि लमही तर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको यात्रुबाहक बसले साइकलयात्रीलाई ठक्कर दिंदा लमही-३ नारायणपुर निवासी अन्दाजी ३५/४० वर्षिय विशाल डांगी गम्भीर घाइते भएका छन् । 

घाइते डांगीको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यस्तै गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे