व्यापारीहरूको रोजीरोटी नखोसिने गरि भालुवाङ बसपार्क सञ्चालनमा ल्याउँछाै : अध्यक्ष विष्ट



व्यापारीहरूको रोजीरोटी नखोसिने गरि भालुवाङ बसपार्क सञ्चालनमा ल्याउँछाै : अध्यक्ष विष्ट

भालुवाङ ८ जेठ । राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टले व्यापारीहरूको रोजीरोटी नखोसिने गरि तत्काल  भालुवाङको निर्माणधिन बसपार्क सञ्चालनमा  ल्याइने बताएका छन् ।

आइतबार राप्ती उद्योग वाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिका १ भालुवाङमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूकाे स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको  भालुवाङमा बसपार्क सञ्चालन नहुँदा दुर्घटनाको जोखिम समेत बढेकाले अब केही दिनमै नगरविकास समिति गठन गरेर काम अगाडि बढाइने बताएका छन् ।

त्यसै गरि अध्यक्ष विष्टले व्यापारीहरूलाई करको दायरामा ल्याउन उद्योग वाणिज्य संघको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् । त्यस्तै उनले  भालुवाङ बजार र राप्ती नदीको फोहोर तत्काल अल्पकालीन रूपमा व्यवस्थापन गर्ने पनि बताएका छन् ।

संस्थाका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष कमलापती चाैधरी, राप्ती गाउँपालिका वडा नम्बर १ का नवनिर्वाचित वडा अध्यक्ष गेमबहादुर खड्का, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका निर्वतमान अध्यक्ष जगत पोख्रेल, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरूङ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरतमणी न्याैपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे