गणतन्त्र दिवसका अवसरमा राप्ती गाउँपालिकामा रक्तदान कार्यक्रम



गणतन्त्र दिवसका अवसरमा राप्ती गाउँपालिकामा रक्तदान कार्यक्रम

भालुवाङ १५ जेठ । १५ आैँ गणतन्त्र दिवसका अवसरमा राप्ती गाउँपालिकामा रक्तदान कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय र राप्ती गाउँपालिकाको संयुक्त आयोजना एवम् रक्त सञ्चार केन्द्र दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा १ महिला र १६ पुरूष गरि १७ जनाले रक्तदान गरेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

पछिल्लो समय दाङमा रगतको चरम अभाव भएपछि गणतन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् स्वास्थ्य सचिव विकास देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे