LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना सदस्य निर्वाचित



राप्ती गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना सदस्य निर्वाचित

भालुवाङ १० जेठ । राप्ती गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना सदस्यहरू निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनमा निर्वाचित ४ जना सदस्य र बाहिरबाट मनोनित २ जना गरि ६ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित हुने सदस्यमा संजिव परियार, पार्वती सुवेदी, गिता चाैधरी, रणबहादुर सार्की पुजाली, चम्फा भुसाल र सावित्री चाैधरी रहेका छन् । उनीहरू मध्ये बाहिरबाट मनोनित हुनेमा नेपाली कांग्रेसबाट परियार र माओवादीबाट पुजाली रहेका छन् ।

यसै बिच निर्वाचित कार्यपालिका सदस्यहरुलाई एक समारोहका बिच प्रमाण पत्र वितरण तथा शपथ ग्रहण गराइएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले कार्यपालिका सदस्यहरुलाई शपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे