स्थानीय तहको निर्वाचन मर्यादित र भयरहित बनाउन प्रतिवद्व छु : प्रहरी प्रमुख शाह



स्थानीय तहको निर्वाचन मर्यादित र भयरहित बनाउन प्रतिवद्व छु : प्रहरी प्रमुख शाह

भालुवाङ ६ वैशाख । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले  स्थानीय तहको निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आफू प्रतिवद्व रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको इलाका प्रहरी कार्यालयमा केही दिन अघि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट सरूवा भएर आएका शाहले बुधबार सरोकारवालाहरू सँगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

यही वैशाख २ गते प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरिक्षक शाहले राप्ती गाउँपालिका क्षेत्रमा हुने निर्वाचनलाई व्यवस्थित बनाउन ससत्र प्रहरी र नेपाली सेना सँग थप समन्वय हुने पनि बताए । त्यस्तै उनले यस क्षेत्रको शान्ति सुरक्षामा कुनै कमी नहुने पनि बताएका छन् ।

यस्तै उनले सरोकारवाला व्यक्तिहरूले उठाएका सवाल मध्ये लागू आैषध न्युनीकरण तथा चोरीका घटना प्रमुख चुनाैतीको विषय भएकाले यसको रोकथामका लागि प्रहरी एक्लैले नसक्ने हुँदा सवैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहभागीहरूले शान्ति सुरक्षा कायम, लागु आैषध नियन्त्रण, सडक दुर्घटना,  चोरीका घटना र प्रहरीले नागरिक प्रति गर्ने व्यवहारका विषयमा सुझाव दिएका थिए ।  

कार्यक्रममा राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, उद्योगी, व्यापारी, यातायात व्यवसयी, संघ संस्थाका प्रमुख, समाजसेवी तथा बुद्धिजीवी र सञ्चारकर्मीहरूको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे