LISTEN LIVE RADIO

बाँके प्रहरीद्धारा नेपालगन्जमा २९ लाख सहित १० जुवाडे पक्राउ



बाँके प्रहरीद्धारा नेपालगन्जमा २९ लाख सहित १० जुवाडे पक्राउ

दाङ १३ कात्तिक । बाँके प्रहरीले ठूलो जुवा खालमा छापा मारेर १० जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज बसपार्कमा रहेको कृष्ण प्रसाद वलीको घरमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाका आधारमा छापा मार्दा प्रहरीले नगद रकम रु २९,४८,७०० सहित जुवा खेलिरहेका १० जना पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला र वडा प्रहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका व्यक्तिहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारवाही हुने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे