LISTEN LIVE RADIO

देउखुरीकाे नर्तीमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको निधन, दुई घाईते



देउखुरीकाे नर्तीमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको निधन, दुई घाईते

देउखुरी टुडेकर्मी, लमही १३ कार्तिक । दाङकाे देउखुरीमा मोटरसाईकलले  ठक्कर दिदा एक पैदल यात्रीको निधन भएको छ भने दुई जना घाईते भएका छन् । निधन हुनेमा लमही २ दोलही बस्ने ७५ बर्षका भरथारी चौधरी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

भे १० प १५४९ नम्वरको मोटरसाईकलले पैदल यात्री चौधरीलाई लमही १ नर्ति नजिकै बुधवार अपरान्ह ठक्कर दिदा गम्भिर घाईते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारकै क्रममा बेलुकी साढे छ बजे निधन भएको प्रदेश प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

सोहि दुर्घटनामा परि मोटरसाईकल चालक अछाम बागंगढी गाउँपालिका ५ बस्ने २९ बर्षिय भोला रावल र सवार रुकुम सानो भेरी गाउँपालिका ५ बस्ने २३ बर्षिया उमा केसी घाईते भएका छन् ।उनीहरुको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे