रिहार मेलालाई लक्षित गरी प्रजिअ रेग्मी र एसपी काफ्लेद्धारा अनुगमन



रिहार मेलालाई लक्षित गरी प्रजिअ रेग्मी र एसपी काफ्लेद्धारा अनुगमन

लमही २३ पुस । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले लमही नगरपालिका वडा नम्बर ९ मा रहेको अस्थायी प्रहरी चौकी रिहारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

शान्ति–सुरक्षा र अमन चयन कायम राख्न र जनतालाई सुरक्षा दिने काम आफुहरुको पहिलो प्राथमिकता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई रहेको छ । माघे संक्रान्ति अर्थात माघ १ गते देखि रिहारमा भब्य मेला लाग्ने भएको हुँदा सो मेलालाई कसरी व्यवस्थित तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने उदेश्यले त्यस क्षेत्रको अनुगमन गरेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रेग्मीको नेतृत्वमा शुक्रबार रिहार पुगेको टोलीले मेला स्थलको बस्तुस्थिति बारे बुझेको हो। अस्थायी प्रहरी चौकीमा पुगेका प्रमुख जिल्ला अधिकारी रेग्मीले शान्ति सुरक्षाका बिषयमा कसै संग सम्झौता नगर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई त्यहाँको भौगोलिक बस्तुस्थितिका बारेमा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसीले अवगत गराएका थिए ।

त्यस्तै राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) पत्रकार लगायतको सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे