LISTEN LIVE RADIO

डिप्रोक्स संस्थाद्धारा फैजुल मदरसा बाङ्गेशालका ५६ जना बालबालिकालाई न्यानो कपडा वितरण



डिप्रोक्स संस्थाद्धारा फैजुल मदरसा बाङ्गेशालका ५६ जना बालबालिकालाई न्यानो कपडा वितरण

भालुवाङ २३ पुस । प्युठानको सरुमारानी गाउँपालिका १ बाङ्गेशाल स्थित फैजुल इस्लाम मदरसामा अध्ययनरत ५६ जना बालबालिकालाई शुक्रवार न्यानो कपडा वितरण गरिएको छ ।दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिसहनियाले आफ्नो २१ औ स्थापना दिवसको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सो न्यानो कपडा वितरण गरेका हो । शिक्षक अभिभावक संघकी अध्यक्ष सकुन्तला कार्कीको अध्यक्षता एवम् सरुमारानी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मुकुन्दराज शर्माको प्रमुख आतिथ्यतामा उक्त न्यानो कपडा वितरण गरिएको हो ।विद्यालयकी प्रधानाध्यापक सरिता रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा, संस्थाको लुम्विनी प्रदेश प्रमुख मधुराम खत्री, सिसहनिया शाखा प्रमुख आनन्दराज आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा सरुमारानी गाउँपालिका वडा नम्बर १ का वडा सदस्य मोहम्मद जिव्राईल, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेर ओमप्रकाश गुप्ता, स्थानीय बुद्धिजीवि कृष्णबहादुर थापा, हमित शाह लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शाखा कार्यालय प्यूठानका शाखा प्रमुख सुर्दशन पुडासैनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे