देउखुरीकाे टिकुलीगढबाट बाघको छाला सहित ४ जना पक्राउ



देउखुरीकाे टिकुलीगढबाट बाघको छाला सहित ४ जना पक्राउ

लमही २३ पुस । दाङ देउखुरीबाट प्रहरीले बाघको छाला सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ झरना टोल घर भई हाल लमही नगरपालिका ३ टिकुलीगढ डेरा लिइ बस्ने ४५ वर्षिय शंकर गिरी, उनकी श्रीमती ४२ वर्षिय झरना थापा, लमही नगरपालिका १ नर्ती निवासी ६३ वर्षिय गिर बहादुर बिश्वकर्मा र लमही नगरपालिका २ बरुवागाउँ निवासी २८ वर्षिय आशा कुमार चौधरी रहेका छन् ।

प्रहरीले गोप्य सुचनाको आधारमा लमही नगरपालिका ३ टिकुलीगढबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिश्वकर्मा र चौधरीले अन्यत्रबाट बाघको छाला खरिद गरि गिरी र थापाबिच बिक्रि गर्नका लागि मोलमोलाइ भैरहेको थियो । सोही क्रममा गोप्य सुचनाको आधारमा विशेष ब्युरो, जिल्ला प्रहरी कार्यालय घोराही र वडा प्रहरी कार्यालय लमहीले उनीहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

बाघको छालासहित पक्राउ परेका चारै जनालाई प्रक्रिया पूरा गरेर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाईने प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे