राजपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने



राजपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने

राजपुर १५ पुस । राजपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । गाउँपालिकाले आफनो गाउँपालिका मातहतका विद्यालयहरुमा स्थानिय पाठ्यक्रम निर्माणका लागि विभिन्न चरणमा सम्बनिधत बिज्ञहरु सँगको छलफल र राय सुझाब संकलनको कार्यलाई अघि बढाउदै आएको छ ।

पालिकाले पठ्यक्रम निर्माणको अन्तिम तयारीका लागी बिज्ञ सहितको सुझाब संकलनको काम अघि बढाएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिएका छन् । नेपालको सबिधन २०७२ अन्र्तगत स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरि गाउँपालिकाले कक्षा १ देखि कक्षा आठ सम्मका लागि स्थानिय पाठ्य क्रम लागु योजना अघि सारेको हो ।

विद्यालयहरुमा अंग्रेजी र गणित बिषय मात्र होईन बालबालिकाहरुलाई आफ्नो स्थानीय सरकारको बारेमा बिस्तृत जानकारी प्राप्त होस भन्ने उदेश्य स्थानिय पालिकाको रहेको छ अध्यक्ष केसीले भने । राजपुर गाउपालिकाको स्थानीय पाठ्यक्रम अन्य गाउँपालिकाहरुको लागि पनि अनुकरणीय बन्न सक्ने गरि पाठ्यक्रम निर्माणको तयारीमा गाउँपालिका जुटेको अध्यक्ष केसीको भनाई छ । उनले राजपुर गाउँपालिकाले तयार गर्ने स्थानीय पाठ्यक्रम दाङका दश स्थानीय पालिकाका लागि पनि उदाहरणीय बन्न सक्ने गरि तयार गर्न बिज्ञहरुलाई आग्रह समेत गरेका छन् ।

यसै बिच राजपुर गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माणका लागि एक दिने अन्तिम कार्यशाला बिहिवार लमहीमा सम्पन्न भएको छ । कार्यशालामा दाङका पुर्ब जिल्ला, शिक्षा अधिकारी तथा बिज्ञ जितबहादुर शाहले बालबालिकाको मनोबित्रान अनुसारको पाठ्क्रम निर्माण गरि लागु गर्न आबश्यक रहेको बताए । उनले बालबालिकाले के चाहान्छन् उनीहरुको आबश्यकता चाहना र रुची के हो त्यहाँको भुगोलको चिनारी के हो त्यस्ता कुराहरुलाई ख्याल गरेर सोही अनुसारका पाठ्यक्रम निर्माण गरिनुपर्ने बताए ।

सो अबसरमा बिज्ञ युबराज अधिकारी देवमणी चौधरी लगायतले स्थानीय पाठ्यक्रम निर्माणका सवालमा सहजीकरण गरेका थिए । सो अबसरमा राजपुर गाउँपालिका अन्र्तगतका बिभिन्न विद्यालयका प्रअ तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम उद्घाटन समारोहमा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादब, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अघिकृत चन्द्रकान्त पौडेल, मानब कल्याण तथा बाताबरण संरक्षण केन्द्र दाङका सचिब केपी घिमिरे लगायतले बोलेका थिए । कार्यक्रम मानब कल्याण तथा बाताबरण संरक्षण केन्द्र सिड्स परियोजनाको सहकार्यमा सञ्चालन गरिएको हो । कार्यक्रमको सञ्चालन कामना चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे