दाङमा बैदेशिक रोजगारीमा जानेलाई तीन ठाउँबाट कोरोना विरुद्धको खोप लगाइने



दाङमा बैदेशिक रोजगारीमा जानेलाई तीन ठाउँबाट कोरोना विरुद्धको खोप लगाइने

दाङ १५ पुस । दाङमा बैदेशिक रोजगारीमा जानेलाई तीन ठाउँबाट कोरोना विरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका छन् ।

जस अनुसार हरेक हप्ताको सोमबार घोराही स्थित स्वास्थ्य कार्यालय दाङमा, बुधबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा र शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ५ को सिसहनियाँ स्वास्थ्य चौकीमा खोप लगाइने छ ।

बुधवार बसेको कोभिड १९ खोप समन्वय समिति र अनुगमन समिति दाङको बैठकले बैदेशिक रोजगारीमा जाने वा अन्य कुनै उदेश्यले विदेश जान लागेकालाई खोप लगाउने निर्णय गरहेको स्वास्थ्य कार्यालयका प्रमुख शाहीले बताउनुभयो । यि तीन ठाउँबाट कोरोना विरुद्धको जोनसेन खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे