दाङमा एक घरमा आगलागी, ३ लाख बराबरको क्षती



दाङमा एक घरमा आगलागी, ३ लाख बराबरको क्षती

दाङ १५ पुस दाङमा एउटा घरमा आगलागी भएको छ । बबई गाउँपालिका ७ कृष्णपुर निवासी पूर्णबहादुर वलीको घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय राजकुमार डाँगीले जानकारी दिएका छन् ।

उनका अनुसार हिजो बेलुकी घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ । आगोलाई स्थानीयले एक घण्टापछि नियन्त्रणमा लिएका थिए । खरको छानो भएकोले घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको उनको भनाई छ ।
घरमा ठूला मान्छे कोही नभएको र बालबालिकाहरूले आगो बाल्दा आगलागी भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे