प्युठानमा रासायिनिक मलमा कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ



प्युठानमा रासायिनिक मलमा कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ

प्युठान १५ पुस । प्युठानमा रासायिनिक मल (युरिया) कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिप चालक कपिलवस्तु शिवराज नगरपालिका ३ खरेन्द्रपुर वस्ने २३ बर्षिय विवश क्षेत्री र सोहि ठाउँका ३० बर्षिय केशर महतरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारी अनुसार प्यूठान नगरपालिका ८ बाग्दुला बजारबाट प्रहरीको टोलीले उनीहरुलाई ३५ बोरा युरिया र ढुवानी गर्न प्रयोग गरिएको गाडी समेत नियन्त्रणमा लिएको छ ।

गस्तीमा खटिएको प्रहरीको टोलीले लु १ च ३६७१ नम्वरको डबल पिकअप जिपको पछाडी ढालामा रहेको कृषीमा प्रयोग हुने युरिया मल फेला पारी चेकजाँच गर्ने क्रममा कालोबजारी गरेको पाईएको छ ।पक्राउ परेकाहरु माथी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय प्यूठानबाट ७ दिनको म्याद थप गरी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यता सल्यानमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. २ डिग्रे बस्ने ५२ वर्षीया ढिमा घर्तीको रहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ । बुधबार साझ ५ बजेतिर घर नजिकै घाँस काट्ने क्रममा रुखबाट लडेर घर्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे