तुलसीपुर खानेपानी संस्थाको निर्वाचन समितिद्धारा उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान



तुलसीपुर खानेपानी संस्थाको निर्वाचन समितिद्धारा उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान

दाङ १५ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन समितिले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन तालिका अनुसार विहिवार दिउँसो १२ बजे सम्म उनीहरुलाई चुनाव चिन्ह प्रदान गरिएको निर्वाचना समितिका संयोजक पुस्कर भण्डारीले जानकारी दिए ।

निर्वाचन समितिले निर्धारण गरेको चुनाव चिन्ह उम्मेदवारहरुको ईच्छा अनुसार प्रदान गरिएको उहाले जानकारी दिए । अध्यक्ष पदका उम्मेदवारहरु यमकान्त भण्डारीलाई पुतली, दिपक कुमार धिताललाई बाघ र पवनराज बुढाथोकीलाई कुर्सी प्रदान गरिएको छ ।

यस्तैगरी उपाध्यक्ष पदका उम्मेदवारहरु सिताराम शर्मा आचार्यलाई फुटबल, गिरीधारी पौडेललाई अटो रिक्सा,पुर्ण प्रसाद धिताललाई चस्मा,सचिव पदका उम्मेदवाहरु सेवकराम भण्डारीलाई हात्ती, दामोदर लामीछानेलाई गमला, कोषाध्यक्ष पदका उम्मेदवाहरु मेघराज न्यौपानेलाई घडि, भद्र बहादुर वलीलाई भाले, कर्ण बहादुर वलीलाई टर्चलाईट, भोला प्रसाद थापालाई स्याउ, पुरुष तर्फ सदस्यमा पदम बहादुर खड्कालाई माछा, लक्ष्मण केसीलाई लालटिन र शोविन्द्र चन्दलाई टेलिभिजन चिन्ह प्रदान गरिएको संयोजक भण्डारीले जानकारी दिए ।

अध्यक्ष पदका उम्मेदवार भण्डारीको प्यानललाई तुलसीपुर क्षेत्रका क्रियाशिल राजनितिक दलहरुको समर्थन रहेको छ । भण्डारीको प्यानलबाट उपाध्यक्षमा शर्मा, सचिवमा भण्डारी, कोषाध्यक्षमा भद्र बहादुर वली, सदस्यहरुमा केसी र खड्का रहेका छन् । अन्य एकल उम्मेदवार रहेका छन् । मतदान शनिवार विहान साढे सात बजेदेखी अपरान्ह साढे चार बजे सम्म हुनेछ । सहमतीको प्रयास असफल भएपछि निर्वाचन हुन लागेको छ । महिला सदस्यहरु भने निर्विरोध निर्वाचित भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे