तमु ल्होसारमा शुभकामना आदान प्रदान, भाषा संरक्षणमा ध्यान दिन वक्ताहरुको आग्रह



तमु ल्होसारमा शुभकामना आदान प्रदान, भाषा संरक्षणमा ध्यान दिन वक्ताहरुको आग्रह

सिसहनियाँ १५ पुस । तमु ल्होसार पर्वको अवसरमा बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ८ कोहलुवा श्रीनगरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गुरूङ राष्ट्रिय परिषद राप्ती गाउँपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।परिषद्का राप्ती गाउँपालिका अध्यक्ष लुमबहादुर गुरूङको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले भाषा, कला संस्कृति तथा भेषभुसाको संरक्षण गर्न आवश्यक रहेको बताएका थिए । अभिभावकले आफ्ना सन्तानहरुलाई मौलिक भाषा नसिकाउँदा भाषा नै लोप हुने अवस्था सिर्जना भएकोले चिन्ता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना, पिपरी गाउँ अगुवा पुरन चौधरी, शंकर मावि पिपरीका प्रअ सुवर्णमान चौधरी, बौद्व गुम्बाका अध्यक्ष रेशमबहादुर थापा, गुरूङ महिला परिषद् लुम्बिनी प्रदेशका प्रमुख विष्णु गुरूङ, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता, गुरूङ समाजसेवी नरबहादुर गुरूङ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


स्वागत मन्तव्य कुमार गुरूङको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन दिपेन्द्र गुरूङले गरेका थिए । कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे