मोटरसाईकलको ठक्करबाट प्युठानकाे ददेरीमा एक बालकको मृत्यु



मोटरसाईकलको ठक्करबाट प्युठानकाे ददेरीमा एक बालकको मृत्यु

प्युठान(ददेरी) २७ कार्तिक। प्युठानमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. २ ददेरी निवासी सिधिमान जिसीका छाेरा वर्ष ११ का सुदिप जिसीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

पैदल हिँडिरहेका जिसीलाई प्युठानवाट दाङको भालुवाङ तर्फ जाँदै गरेको रा ४ प ५०४८ नंम्वरको मोटरसाईलकलले शनिबार दिउँसो ददेरीमा ठक्कर दिएको थियो। जिसीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

गैरेका अनुसार फरार मोटरसाईकल चालकलाइ तुलसीपुरबाट पक्राउ गरी अहिले प्यूठान ल्याउने काम भइरहेकाे जानकारी दिए। घटनास्थलबाट मोटरसाईकल र मोटरसाईकलको पछाडी बस्ने एक जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको बताएको छ। घटनापछि आक्रोशित मृतकका आफन्त र स्थानीयले शब सडकमै शब राखेर दर्भान भालुवाङ सडकखण्ड अबरुद्व पारेका छन्।

सडक अबरूद्ध भएपछि प्यूठान र राेल्पाबाट छुटेका सवारीसाधन तथा भालुवाङबाट प्यूठान र राेल्पाका लागि छुटेका सयाैँ सवारीसाधनहरू ददेरीमै अलपत्र परेका छन् । सडक खुलाउने बिषयमा प्रहरी र पिडितपक्षबीच अहिले पिन छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे