उद्योग वाणिज्य संघले गर्ने कार्यक्रममा राज्यले हेर्ने दृष्टिकोण फरक छ : सुवेदी



उद्योग वाणिज्य संघले गर्ने कार्यक्रममा राज्यले हेर्ने दृष्टिकोण फरक छ : सुवेदी

सिसहनियाँ २७ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले उद्योग वाणिज्य संघले गर्ने कार्यक्रममा राज्यले हेर्ने दृष्टिकोण फरक भएका कारण चाहे जस्तो प्रगति हुन नसकेको बताएका छन् ।सिसहनियाँ उद्योग बाणिज्य संघको ७ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिवार सिसहनियाँमा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका सुवेदीले उद्योग वाणिज्य संघले कोभिडका बेला देखि हाल सम्म थुप्रै सामाजिक काम गरेपनि पनि सरकारले आफुहरुलाई विश्वास समेत नगरेको बताएका छन् ।संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सभामा वार्षिक प्रगति प्रतिवेदन महासचिव ईश्वरीप्रसाद अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमबहादुर चौधरीले प्रस्तुत गरेका थिए ।संघका उपाध्यक्ष युवराज सिंहको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभामा दाङ जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष टंकसिंह बुढाथोकी, निर्वतमान अध्यक्ष नारायणप्रसाद भुसाल, राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रवक्ता विद्याशरण चौधरी, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, देउखुरी उद्योग वाणिज्य सघंका उपाध्यक्ष केशव पोख्रेल, राप्ती उद्योग वाणिज्य संघका उपाध्यक्ष बाबुराम थापा क्षेत्री, सिसहनियाँ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पुणर्बहादुर बुढाथोकी, देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, हिको संस्थाका अध्यक्ष प्रकाश बिष्ट, नवशहासी युवा क्लवका अध्यक्ष सुरेश घिमिरे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा उद्योग वाणिज्य संघलाई सहयोग तथा योगदान पुर्‍याएको भन्दै पुणर्बहादुर बुढाथोकी, ठाकुरप्रसाद सुवेदी, शिवध्वज मल्ल, सुर्यनारायण चौधरी, भुवनेश्वर पाण्डे, गोविन्दबहादुर कुवर क्षेत्री, मिनबहादुर घर्ती, निमबहादुर रावत, चमेलीदेवी चौधरी, किन्नीराम चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रमको बीच बीचमा नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे