लमहीमा तरकारीको मूल्य आकाशियो



लमहीमा तरकारीको मूल्य आकाशियो

लमही २६ कार्तिक । देउखुरी प्रमुख बजार लमहीमा तरकारीको मूल्य आकाशिएको छ । देउखुरी क्षेत्र तरकारीको पकेट क्षेत्र मानिन्छ तर यस बर्ष कृषकहरुले लगाएको तरकारी बर्षाका कारण सबै नष्ट भए पछि महगो भएको हो । देउखुरी क्षेत्रबाट तरकारी निर्यात गर्ने थलो भए पनि यति बेला बाहिर बाट आयात गर्नु पर्ने अबस्था आइपरेको छ ।
तरकारीको उर्बर भुमि भए पनि यस बर्ष बाहिरबाट तरकारी आयात गर्नुपर्ने भएको कारण पनि तरकारी महुँगो भएको लमहीका ब्यापारीहरुको भनाई रहेको छ । लमही सब्जि मन्डिका ब्यापारी गितेश गुप्ताका अनुसार भेडे खुर्सानी १८०, टमाटर ९०, फुलगोभी ९०, बन्दगोभी ६०, आलु नयाँ १००, पुरानो ६०, भान्टा ६०, काक्रा ६०, मुला ६०, करेला १००, खुर्सानी हरियो १८०, लौका ७०, सिमि १२०, घुइया ६०, प्याज ८० रुपैयाँ प्रतिकिलोमा बिक्री वितरण भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे