राजपुरमा एमाले र माओवादी परित्याग गरि २५ जना कार्यकर्ता कांग्रेसमा प्रवेश



राजपुरमा एमाले र माओवादी परित्याग गरि २५ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

राजपुर २६ कार्तिक । नेपाली कांग्रेस राजपुर गाउँपालिका वडा नम्बर ७ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वडा नम्बर ७ का सुनपत्री र एरेना गाउँका २५ जनाले नेकपा एमाले र माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकीलाल बस्नेत , नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका सभापति नरेन्द्र सिंह भण्डारी, गाउँपालिका अध्यक्ष लोकराज केसी, वडा नम्बर ७ का वडाध्यक्ष भिम बहादुर खड्का र क्षेत्रीय प्रतिनिधि कृष्ण बस्नेतले सम्बोधन गरेका थिए ।

राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सभापति खिमसिङ रानाको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय प्रतिनिधि लालबिर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे