दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २६ कार्तिक । दाङमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनामा गरिएको पिसिआर परिक्षणमा ३ जना महिला र २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराही र तुलसीपुरका २÷२ जना र गढवाका एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ । यसैविच आज दाङका २ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमण मुक्त हुुनेमा तुलसीपुर र गढवाका १÷१ जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३१ रहेकोे छ । उनिहरु मध्य ३ जना आईसियू सहितको उपचारमा र २८ जना घरमै रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे