रेडियो राप्ती तथा राप्ती टेलिभिजनको देउसी भैलो कार्यक्रम सुरु



रेडियो राप्ती तथा राप्ती टेलिभिजनको देउसी भैलो कार्यक्रम सुरु

भालुवाङ १८ कार्तिक । हिन्दुहरुको दोस्रो ठूलो महान चार्ड शुभदिपावलीको अवसरमा भालुवाङसञ्चार सेवा प्रालि द्वारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनले बिहिवार देखि देउसी भैलो कार्यक्रम सुरु गरेको छ ।

मौलिक कला संस्कृतिको संरक्षण, हाम्रो अभियान भन्ने मुल नाराका साथ समावेशी रेडियो राप्ती स्रोता क्लवको सहकार्यमा बिहिवार पहिलो दिन राप्ती गाउँपालिका १ पाखापानी क्षेत्रमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । देउसी भैलो उद्घाटन कार्यक्रम रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीको घरबाट सुरुवात गरिएको छ ।

देउसी भैलो कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष कार्कीले देउसी भैलोलाई सभ्य तरिकाले मनाउन सुझाव दिएका छन् । चार्डपर्वका नाममा पैसा असुल्ने काम बन्द गरी कला संस्कृतिको संरक्षणमा ध्यान दिन आग्रह गरेका छन् । मौलिक गित संगित तथा थारु भाषाका गित संगितलाई उच्च प्राथामिकतामा राखेर देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको छ ।

पहिलो दिनमा मात्रै देउसी भैलोमा रेडियो राप्ती तथा राप्ती टेलिभिजनबाट ५ हजार ५१ रुपैयाँ, सोही रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीबाट १ हजार ५ सय रुपैयाँ, सञ्चालक समितिका सदस्यद्धय ऋषिराम पौडेल र कौशिल्या पौडेलबाट ३ हजार ६ सय ५ रुपैयाँ, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीबाट १ हजार ६ सय ९०, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्माबाट १ हजार ५ सय, होटल पौवाबाट १ हजार ५ सय रुपैयाँ र अन्य व्यक्तिहरुबाट गरी कुल १५ हजार ५ सय ६१ रुपैयाँ दान संकलन भएको स्टेशन म्यानेजर तथा देउसी भैलो मुल समितिका संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

यसै बिच शुक्रवार विहान ११ बजे देखि राप्ती गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ मा देउसी भैलो सञ्चालन गरिने समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष तथा भैलो परिचालन समितिका अध्यक्ष लालमणी भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे