LISTEN LIVE RADIO

कैलालीकाे घाेडाघाेडी नगरपालिकाका मेयर र उपमेयर बीच सार्वजनिक कार्यक्रममै हात हालाहाल



कैलालीकाे घाेडाघाेडी नगरपालिकाका मेयर र उपमेयर बीच सार्वजनिक कार्यक्रममै हात हालाहाल

कैलाली १ कार्तिक । कैलालीको घोडाघोडी नगरपालिका मेयर ममता प्रसाद चौधरीले उद्घाटन गरेको वडा कार्यालयको भवनको शिलालेखमा उपमेयरले ढुंगा हानेकी छन् । शिलालेखमा आफ्नो नाम नदेखेपछि रिसाएकी उपमेयर प्रेमकुमारी थापाले ढुंगा हानेकी हुन् । कैलालीको तीन वटा वडाले आफ्नै भवन बनाएर उद्घाटन गरेका हुन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेपछि मेयर चौधरीवाट उद्घाटन गरिएको थियो ।  तर भवन उद्घाटन कार्यक्रममै ववाल भयो ।                    मेयर र उपमेयरबीचको बीवाद सबैका सामुन्ने छताछुल्ला भएको हो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापाले विरोध गरेकी हुन् । शिलालेखमा आफ्नो नाम नदेखेपछि उनले विरोध गरेकी हुन् ।

शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखीएको थियो । जानी जानी उपमेयरको नाम छुटाइएको भन्दै उपमेयरले विरोध गर्दै शिलालेखमै ढुंगा हान्न पुगेकी हुन् । उनले मेयरविरुद्ध नाराबाजी गरिन् ।

शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने भन्दै विरोध गरेपछि उपमेयरको नाम समेत लेख्ने सहमति भएको छ । उद्घाटन कार्यक्रममै विवाद भएपछि वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई जान आग्रह गरे । उनले मेयरवाट पनि भवन उद्घाटन नगर्ने आफै उद्घाटन गर्ने भन्दै कार्यक्रमवाट दुवैजनालाई जान आग्रह गरे । तर उपमेयर थापा भने कार्यक्रमवाट समेत गइनन् ।

मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले ढुङ्गाले सिलालेखमा बजारेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा मेयरले कार्यालय भवनको उद्घाटन गर्ने बितिकै उपमेयर थापाले सिलालेखमा ढुङ्गाले बजारेको देखिन्छ ।

मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै नगर्न भन्छन्। त्यती नै बेला कार्यक्रमै उपस्थित एक महिलाले के तरिका हो ? भन्छिन्। उपमेयर थापा रिसाउँदै ‘किन तरिका होइन् रु’ भनेर जवाफ फर्काइएको सुनिन्छ । मेयर चौधरीले हात हटाउँदै मर्यादाको पनि हद हुन्छ नी भन्दै बस्न आग्रह गर्छन्। तर उपमेयर उनको आग्रहलाई मान्ने पक्षमा देखिदैनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे