LISTEN LIVE RADIO

पछिल्लाेे २४ घण्टामा नेपालमा थप ३१६७ जनामा काेराेना संक्रमण पुष्टि, १८ सय डिस्चार्ज, १२ जनाको मृत्यु



पछिल्लाेे २४ घण्टामा नेपालमा थप ३१६७ जनामा काेराेना संक्रमण पुष्टि, १८ सय डिस्चार्ज, १२ जनाको मृत्यु

काठमाडौं १ कात्तिक । नेपालमा वितेको २४ घण्टामा ३ हजार १ सय ६७ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गर्दा तीन हजार १६७ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको कुल संख्या एक लाख २९ हजार ३०४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय जना  कोरोना मुक्त भएका छन् । यससँगै कोरोना मुक्त हुनेको कुल संख्या ८९ हजार ८४० पुगेको छ । अब ३८ हजार ७३७ जना संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । यस्तै वितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुलसंख्या ७ सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे