LISTEN LIVE RADIO

देउखुरीकाे राप्ती नदीमा एक पुरुषको शब फेला



देउखुरीकाे राप्ती नदीमा एक पुरुषको शब फेला
शिबु खनाल, लमही १ कात्तिक । 
 
देउखुरीकाे लमही नगरपालिका वडा नम्बर २ केरुनिया स्थित राप्ती नदी घाटमा एक पुरुषको शब फेेेला परेको छ । अन्दाजी ६५ वर्षिय ती पुरुषको शब राप्ती नदीको वीच भागमा वेवारिसे अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
`
हामी घटानास्थलमा छौ, तत्काल यो शब यहाँ सम्म के कसरी आयो भन्न सक्ने अवस्था छैन पौडेलले भने ।´ती पुरुषको गोजिमा विधुतको बिल तिरेको कागजको आधारमा शिबराज नगरपालिका वडा नम्बर २ हल्लानगरको हुन सक्ने प्रहरीले अनुमान गरेको छ तर त्यो बारेमा प्रहरीले अनुशन्धान गरिरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
राप्ती नदीमा शब भेटिने क्रम बढ्दै गएको छ । नदी तर्ने क्रममा बगेर ज्यान गुमाएका शबहरु भेटिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक पुराण मल्लले बताए । शबलाई अहिले पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे