LISTEN LIVE RADIO

दिर्घ रोगीका लागि सहारा बन्दै लाेकप्रिय सांसद मेटमणि चाैधरी



दिर्घ रोगीका लागि सहारा बन्दै लाेकप्रिय सांसद मेटमणि चाैधरी

टेकबहादुर पुन, देउखुरी १ कार्तिक ।

प्रतिनिधिसभा सदस्य तथा सांसद मेटमणी चौधरी गृह जिल्ला दाङ आउँदै छन् । दाङ देउखुरी क्षेत्रका प्रिय नेता भनेर समेत चिनिने सांसद चौधरी प्रतिनिधिसभा  सांसद चाैधरी  संसदका सम्पूर्ण छलफल तथा बैठकमा सहभागी भई शनिबार दाङ आउन लागेका हुन् ।

१५ दिन अघि मात्रै संघीय सरकारको विभिन्न कार्यक्रममा सहभागी हुन काठमाण्डौ प्रस्थान गरेका सांसद चौधरी फेरी पनि जनताका गुनासा सुन्न र योजनाका मुख्य एजेण्डा सहित गृह जिल्ला दाङ आउन लागेकाे बताइएकाे छ । सांसद मेटमणी चौधरी टेलिफोनका भरमा जनताका गुनासा सुन्ने मध्यमा पर्नुहुन्न । जनताको घर आगनमा गएर सञ्चो बिसञ्चो सोध्दै योजना बनाउने प्रिय नेता मध्यमा पहिलो मानिन्छ ।

दाङ क्षेत्र नम्बर १ का सघिय सांसद तथा नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता मेटमणी चौधरी सरकारले दिएको सुविधालाई अँगाल्दै काठ्माण्डौमै बिलाउन चाहन्न । जनताको सेवा र विकासका लागि राजनितिमा प्रवेश गरेका सासद मेटमणि भन्छन् म सधै जनताको सेवामा समर्पित छु । संघीय सांसद भए बाफत मासिक रुपमा आउने ६५ हजार पनि नेता मेटमणिले जनताको सेवामै लगानी गरेका छन् । यो भन्दा पहिले आफ्ना क्षेत्रका गरिबी तथा दिर्घ रोगी आमाबुवा हरुलाई डाक्टर सहित चेक गर्दै अौषधी बितरण गरेका थुप्रै उदाहरणहरु छन् । अहिलेपनि गृहजिल्ला आए लगत्तै सांसद मेटमणी गरिब दिनदुखी र दिर्घ रोगीको सेवामा समर्पित हुने सांसद चाैधरीले भने ।

सांसद चाैधरीले दाङका नाका क्षत्र सहित ग्रामिण भेगमा डाक्टर सहित अभियानमा जाने बताए । “मैले पाउने सेवा सुबिधा सबै जनताका लागि खर्च गर्छु, अपुग भए बजेट बिनियोजन नै गर्छु नेता मेटमणीले भने-म जनताको सेवा गर्न आएको हुँ, सेवा गरेरै निदाउन मन छ ।”
दाङका नाका क्षेत्र तथा ग्रामिण भेगमा बसोबास गर्नुभएका आमा बुवा सँग भेटेर स्वास्थ्य चेकअप गराउँदै स्वास्थ्योपचार गर्ने मेटमणीको योजना छ । दाङ आए लगत्तै नेता मेटमणि विभिन्न य‍ोजना सहित दाङका ग्रामिण तथा नाका क्षेत्रमा कार्यकर्ता भेटघाट तथा दिर्घ योजनामा ब्यस्त हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे