दाङकाे तुलसीपुरमा १३ वर्षीया बालिका बलात्कृत



दाङकाे तुलसीपुरमा १३ वर्षीया बालिका बलात्कृत

तुलसीपुर  ७ कात्तिक । दाङकाे तुलसीपुरमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गएको कात्तिक ३ गते तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ बस्ने १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

उनलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का २० वर्षीय युवक दिनेश चौधरीले बलात्कार गरेको पिडीतले जाहेरी दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कात्तिक ३ गते राती साढेआठ बजेको समयमा गाउँ नजिकैको चौरमा लगेर चौधरीले बालिकालाई बलात्कार गरेको पिडीतले बताएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । आरोपित युवक चौधरी भने अहिले फरार रहेको र उस्को खोजी भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे