घोराही-मुुर्कुटी सडक खण्ड एकतर्फि खुल्यो



घोराही-मुुर्कुटी सडक खण्ड एकतर्फि खुल्यो

घोराही ७ कार्तिक । पहिरो खसेपछि अबरुद्ध भएको घोराही मुुर्कुटी सडक खण्ड एकतर्फि खुुलेको छ । घोराही उपमहानगरपालिका ४ को कुुईनेखोला नजिकै अस्ती राती पहिरो खसेपछि अबरुद्ध भएको सडक आज दिउसो देखी एकतर्फि खुुलेको हो ।

सडकमा ठूला ठूलो ढुंगा खसेका कारण हटाउन समय लागेको प्रहरीले जानकारी दिएको छ । सो सडक चौडा र कालोपत्रे गर्दै आएको जलजला निर्माण कम्पनीले सडकको पहिरो हटाउने काम गरिरहेको छ । सडकमा खसेको पहिरो हटाउन अझै केही दिन लाग्ने ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।

एकतर्फि सडक खुुलेपछि अस्ती राती देखी रोकिएका सिमेन्ट उद्योगको चुनढुंगा बोक्ने टिप्पर र नियमित चल्दै आएका बस तथा जिपहरु सञ्चालनमा आएका छन् । सो क्षेत्रमा बर्षेनी बर्षायाममा पहिरो खसेर सडक अबरुद्ध हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे