देउखुरीको गढवामा नेकपा एमालेको ८ वटै वडामा निर्विरोध निर्वाचित



देउखुरीको गढवामा नेकपा एमालेको ८ वटै वडामा निर्विरोध निर्वाचित

गढवा ६ कार्तिक । देउखुरीको गढवामा नेकपा एमालेको ८ वटै वडामा निर्विरोध निर्वाचित  भएका छन्। नेकपा एमाले गढवाले आठवटै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको नेकपा एमाले गढवा गाउँपालिका पार्टी अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिएका छन् ।

जस अनुसार  वडा नं. १ मा शिरे पुरी अध्यक्ष र बिशाल बिष्ट सचिवमा सर्रवसम्मत चयन भएका छन् । त्यस्तै वडा नं. २ मा देउप्रकाश चौधरी अध्यक्षमा र भानु यादव सचिवमा, वडा नं. ३ मा राजेश रावत क्षेत्री अध्यक्षमा र रोशन चौधरी सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी वडा नं. ४ मा कमल खड्का अध्यक्षमा र चेतबहादुर थापा सचिवमा, वडा नं. ५ मा सिता थापा अध्यक्षमा र बिमला भट्टराई सचिवमा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी वडा नं. ६ मा दामोदर ढुंगाना अध्यक्षमा र रोशन धिताल सचिवमा रहेको २७ सदस्यीय वडा कमिटी गठन भएको मतदान अधिकृत बासुदेव पाण्डेयले जानकारी दिए ।

त्यस्तै वडा नं. ७ मा श्यामबहादुर चौधरी अध्यक्षमा र दिपा घर्ति सचिवमा रहेको २३ सदस्यीय वडा कमिटी सर्बसम्मत चुनिएको मतदान अधिकृत बेगम गहतराजले जानकारी दिए । त्यस्तै वडा नं. ८ मा खालिक सिद्दिकी अध्यक्ष र गोपाल थापामगर सचिव रहेको २१ सदस्यीय वडा कमिटी सर्बसम्मत चयन भएको निर्वाचन अधिकृत हनुमान यादवले जानकारी दिए । निर्वाचन सफल पार्न संघीय संसद गांगा चौधरी र पार्टीका लुम्बिनी प्रदेश सदस्य सहजराम यादवले स्थलगत अनुगमन तथा समन्वय सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे