नेपाली काँग्रेस गढवाकाे दोस्रो बैठक सम्पन्न, प्रेस संयाेजकमा यादव चयन



नेपाली काँग्रेस गढवाकाे दोस्रो बैठक सम्पन्न, प्रेस संयाेजकमा यादव चयन
गढवा ६ कार्तिक । नेपाली काँग्रेस गढवाको नयाँ कार्यसमितीको दोस्रो बैठक आज गढवा ५ बाँकीमा सम्पन्न भएको छ । गढवा गापा नेपाली काङ्ग्रेसका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा बसेको बैठकले अबिरल बर्षाको कारण क्षती भएको धान बाली तथा अन्नको क्षती बिबरण संकलन गरि यथा शिघ्र पिडित किसानलाइ क्षतीपुर्ती तथा राहत बितरणको लागि गाउपालिकालाइ ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले गढवा गाउँपालिका वडा नं ५ नेपाली काङ्ग्रेसकि क्षेत्रीय प्रतिनिधि समिता चौधरी र वडा नं ४ का क्रियाशिल सदस्य चेतनाथ योगीको आकास्मिक निधनमा परिवारजनमा गहिरो समबेदना प्रकट गर्दै शोकसभा आयोजना गर्न नेपाली काङ्ग्रेस वडा नं ५ का सभापती देवराज कुवर, वडा नं ४ का सभापती प्रदिप केसीलाई जिम्मा दिने निर्णय गरेको छ ।
साथै बैठकले नेपाली काङ्ग्रेसको गतिबिधीलाई मिडिया समक्ष प्रकाशन तथा प्रसारन गर्न नेपाली काङ्ग्रेस गढवाको प्रेस संयोजकमा रेडियो साझा आवाज गढवाका स्टेशन म्यानेजर दुखहरण यादव( विक्रम) लाई चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे