LISTEN LIVE RADIO

शान्ति दिवसमा तुलसीपुर उपमहानगरपालिकाद्धारा छोरीहरुलाई ५० वटा साईकल वितरण



शान्ति दिवसमा तुलसीपुर उपमहानगरपालिकाद्धारा छोरीहरुलाई ५० वटा साईकल वितरण

तुलसीपुर ५ असोज । तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुलाई ५० वटा साईकल वितरण गरेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो ।

तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएन डिपीका नेपाल प्रतिनिधी आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्यनरत छात्रा शर्मीला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्यनरत सरीता पुनलाई साईकल हस्तान्तरण गरेका हुन् । कार्यक्रममा यूएनडिपी प्रतिनिधी लाबेले साईकल वितरणले छोरीलाई समयमै स्कुलसम्म पुर्याउनका लागि सहयोग पुग्नुका साथै स्वास्थ्यमा पनि सहयोग पुग्ने बताए । विश्वमा किशोरी अघि बढेका देशहरु मात्रै समृद्धिको बाटोमा अघि बढेको बताउँदै प्रतिनिधी लाबेले सहयोग गर्ने अवसरमा दिएको उपमहानगरपालिकालाई धन्यवाद समेत दिए ।

सोही कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई साईकल सिटीका रुपमा विकास गर्ने बताए । साईकल सिटीका रुपमा विकास गर्दा आवश्यक पर्ने पुर्वाधार विकासलाई पनि संगसंगै लैजाने उनले बताए । साईककलको माध्यमबाट छोरीलाई शिक्षा र पढाईमा अघि बढाउने बताउँदै विश्वव्यापी रुपमा भएको वतावरण प्रदूर्शनलाई पनि साईकल यात्राले न्युनिकरण मद्धत पुग्ने बताए।

तुलसीपुर उपमहानगरपालिका उप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एनसीएलका रमेश श्रेष्ठ, किशोरीको तर्फबाट सरिता पुन लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले गरेका थिए । पर्यावरणलाई जोगाउनुका साथै साईकल सिटीको विकास गर्ने र किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले उपमहानगरपालिकाले अघिल्लो बर्षदेखि किशोरीहरुलाई साईकल वितरण गर्दै आइरहेको छ । उपमहानगरपालिकाले अघिल्लो बर्ष महिला दिवसको अवसर पारेर एक सय बढी साईकल बितरण गरेको थियो ।

उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्यन गर्ने र घरदेखि स्कुलको दुरी आधाघन्टा बढी भएकालाई सम्बन्धित विद्यालयको सिफारिसमा साईकल बितरण गर्ने गरिएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे