LISTEN LIVE RADIO

दाङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि, ३ जना कोरोना मुक्त



दाङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि, ३ जना कोरोना मुक्त

दाङ ५ असाेज । आज दाङका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर परिक्षण गर्दा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराही र तुलसीपुरका चार÷चार जना र लमहिका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका ३ जना कोरोना मुक्त भएका छन् ।

कोरोनामुक्त हुनेमा बबईका २ जना र घोराही १ जना रहेको केन्द्रले जनाएको छ । आज थप १० जना सँगै दाङमा सकृय बिरामीको संख्या ८० रहेको छ । ति मध्य घरमा ७० जना, ६ जना आईसियूमा र ४ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ४९ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ५४ जना निको भएका छन भने २ सय १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे