LISTEN LIVE RADIO

दाेस्राे मैत्रीपूर्ण फुटबलमा नेपाल र बङ्गलादेश बीच बराबरी



दाेस्राे मैत्रीपूर्ण फुटबलमा नेपाल र बङ्गलादेश बीच बराबरी

काठमाण्डाै २७ भदाै । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले बङ्गलादेशसँगकाे दाेस्राे मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेकाे छ । दशरथ रङ्गशालामा आज भएकाे खेल बराबरीमा सकिएकाे हाे । दुवै टाेलीले गाेल गर्ने केही अवसर सिर्जना गरे पनि गाेल भने हुन सकेन । यसअघि भएकाे पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपालले बङ्गलादेशलाई दुई– एकले हराएकाे थियाे ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुँदै छ । छनोट खेलमा नेपाल समूह एफमा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष टोली भारतमा हुने प्रतियोगिताका लागि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे