LISTEN LIVE RADIO

एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदाै २९ सम्मका लागि स्थगित



एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक भदाै २९ सम्मका लागि स्थगित

काठमाण्डाै २७ भदाै । प्रतिनिधि सभाकाे बैठक भदाै २९ गते मङ्गलवारसम्मका लागि स्थगित भएकाे छ । एमाले सांसदले नाराबाजी गरेपछि सभामुख अग्नि सापकाेटाले संसद् बैठक आउँदाे मङ्गलवार दिउँसाे १ बजेसम्मका लागि स्थगित गरे ।

यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गरेका थिए । एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।

यता संसद् बैठकमा भइरहेको अवरोध हटाउनका लागि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेताहरूसँग भोलि साेमवार दिउँसो साढे २ बजे छलफल गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

बैठकमा संसद् बैठकमा नेकपा एमालेले गरेको अवरोध हटाउने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि सभामुखले बैठक बोलाउनुभएको हो । नेकपा एमालेले लगातार तेस्रो दिन आज पनि संसद् बैठकमा नाराबाजी गर्दै अवरोध गरेको छ । गएकाे शुक्रवार नाराबाजीकै बीचमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेर सरकारले सदनमा नयाँ बजेट पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे