LISTEN LIVE RADIO

राप्ती नदीमा बगेर वेपत्ता टेकरानीको सकुशल उद्दार



राप्ती नदीमा बगेर वेपत्ता टेकरानीको सकुशल उद्दार

देउखुरी २८ साउन । दाङको देउखुरी स्थित राप्ती नदीमा बगेर वेपत्ता भएकी टेकरानी चौधरीको सकुशल उद्धार गरिएको छ । राप्ती नदीले बगाएर ८ किलो मिटर तल पुर्याएकी चाैधरीको सकुशल उद्धार गरिएको हाे । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा निवासी ४० वर्षिया चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो।बिहिवार दिउँसो करिब ४ बजे गोबरडिहको राप्ती घाटमा श्रीमान् संग राप्ती नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएकी थिइन्। सोही क्रममा उनलाई राप्ती नदीले बगाएको थियो। राप्ती नदीको बेग तिब्र भएका कारण टेकरानी निस्कन सकिनन् र जता जता पानीको छालले लैजान्छ उतै हात खुट्टा चाल्दै गएको बताईन।

करिब ८ किलो मिटर तल पुगेर पानीको छालले उनलाई किनारा लगायो तर उनी कहाँ कुन ठाउँमा आए भन्ने कुनै पत्तो पाईनन। राप्ती नदीको टापुमा खर समातेर अडिएको अवस्थामा उद्दारमा खटिएको प्रहरीले फेला पारेको हो । राप्ती वारी लमही नगरपालिका वडा नम्बर ४ को बुटकहवा गाउँका स्थानीय तरकारी टिप्न लागेका थिए उनीहरुले टेकरानीले गुहार मागेको सुनेर प्रहरीलाई खबर गरेका थिए। राप्ती नदीमा मान्छे फसेको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी नायब निरीक्षक पुराण मल्ल, बिष्णु केसी लगायतको टोली घटना स्थल पुगेको थियो ।झन्डै ४ घण्टा राप्ती नदीको बीच टापुमा फसेकी ति महिलाको चित्कार सुनेर वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक बिष्णु केसी र प्रहरी जवान प्रकाश चौधरी ज्यानको प्रवाह नगरी राप्ती नदीमा हाम फाले। सशस्त्र प्रहरीको उद्दार टोली घटनास्थल नपुग्दा सम्म महिला भएको स्थानमा पुगेर उनलाई सान्तवना दिएको प्रहरी नायब निरीक्षक केसीले बताए। उनले बचाउ बचाउ भनेको सुन्दा मन साह्रै दुखेर आयो र हाम फालेर गए केसीले भने।

त्यस्तै सशस्त्र प्रहरी वाल २९ नम्बर गण हेक्वा ज्वालामाई भालुवांगका प्रमुख टोप खनाल, ४१ नम्बर गण अर्जुखखोलाका प्रमुख यादव विश्वकर्मा, इलाका प्रहरी कार्यालय गढवाका राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय भालुवांगका प्रमुख भुवन भट्ट लगायतको टोली घटना स्थलमा पुगेको थियो। अहिले टेक रानीको लमही अस्पतालमा उपचार भैरहेको छ भने घरपरिवार समेत लमही अस्पतालमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे